एमालेलगायत विपक्षी दलको अवरोधले सदन स्थगित - Chaitanya News
  • 2026-11-16
  • 11:23:12
  • सोमबार,मंसिर ०१, २०८३
  • एमालेलगायत विपक्षी दलको अवरोधले सदन स्थगित

    एमालेलगायत विपक्षी दलको अवरोधले सदन स्थगित

    काठमाडौं- प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

    जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट स्पष्ट जवाफ नआएको भन्दै एमाले, रास्वपालगायतका विपक्षी दलले सदन अवरोध गरेका हुन्। विपक्षी दलको अवरोधका कारण संसद बैठक १५ मिनेटका लागि रोकिएको हो।

    मंगलबार सदन अवरोध गरेका एमाले र रास्वपाले आज पनि अवरोध गरेका हुन्। म‌ंगलबार अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन खारेज नहुने प्रष्टीकरण दिएपछि बैठक चलेको थियो।