काठमाडौँ– जलवायु परिवर्तनको असर न्यूनीकरण, प्राकृतिक स्रोतको संरक्षण तथा दिगो विकासका लागि फोहोरमैला व्यवस्थापनलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा जोड दिइएको छ । कोप–३१ अन्तर्गत क्रिएसन नेपालको आयोजनामा भएको विशेष संवाद कार्यक्रममा शून्य फोहोर (जिरो वेस्ट) प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने विषय उठाइएको हो । नेपालको राष्ट्रिय पेभिलियनमा आयोजित कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाले फोहोरलाई समस्याका…