वर्तमान सरकार अहिले नै ढल्छ भन्नु अफवाह हो : मन्त्री शर्मा - Chaitanya News
  • 2026-11-16
  • 11:21:46
  • सोमबार,मंसिर ०१, २०८३
  • वर्तमान सरकार अहिले नै ढल्छ भन्नु अफवाह हो : मन्त्री शर्मा

    वर्तमान सरकार अहिले नै ढल्छ भन्नु अफवाह हो : मन्त्री शर्मा

    काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार अहिले नै ढल्छ भन्नु अफवाह मात्रै भएको टिप्पणी गरेकी छन्।

    मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएकी हुन्। सरकार तत्काल ढल्नुपर्ने कुनै कारण नभएको भन्दै हल्ला चलाउने अफवाह मात्रै भएको उनको भनाइ थियो।

    ुसरकार ढल्ने हल्ला मैले सुनेको छैन । सरकार ढल्नुपर्ने कारण केही छैन। सरकार राम्रोसँग चलिरहेको छ ।सरकारले सुशासनको पक्षमा काम गर्ने प्रतिबद्धता जनाएको छ। यस्तो बेलामा हल्ला चलेको छ भने अफवाह हो,’ मन्त्री शर्माले भनिन्।

    मन्त्री शर्माले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धता अनुसार अघि बढिरहेको पनि बताएकी थिइन्। मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कामय गर्न दृढ भएर सरकार अघि बढेको अवस्थामा सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको बताइन्।

    यसैबीच मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणका सम्बन्धमा सरकारले त्यसबारे अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा आरोपितहरूलाई प्रक्राउ गरिएको बताइन्।

    ‘सरकारले बालुवाटार जग्गा प्रकरणमा छानबिन गर्नु हठात हुँदैन। यस्तो कुरामा गहिरो अध्यनन अनुसन्धान हुन्छन्। प्रमाण पुर्‍याउनुपर्ने हुन्छ हठात भन्ने कुरा हुँदैन । यो लोमो समयदेखि अनुसन्धानमा थियो। केही व्यक्तिहरु पक्राउ परेको कुराहरु आएको छ। सरकारले सुशासन कायम गर्ने भ्रष्टाचारका विरुद्धमा लड्ने भन्ने प्रतिबद्धता गरेको छ,ु मन्त्री शर्माले भनिन्।

    भ्रष्टाचारविरुद्ध लड्ने प्रतिबद्धता अनुसार नै सरकारले कारबाही अगाडि बढाएको उनको भनाइ थियो। साथै ललिता निवास जग्गा प्रकरणमा गहिरो अध्ययन अनुसन्धानबाट मात्रै कारबाही अगाडि बढाएको उनले बताइन्।

    साथै अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए पनि सरकारले उनीहरूलाई कारबाहीको दायरामा ल्याउने बताएकी थिइन्।