निजामती सेवामा तान्न आकर्षक प्याकेज ल्याउनुपर्छ : अध्यक्ष रेग्मी - Chaitanya News
  • 2026-11-16
  • 11:24:15
  • सोमबार,मंसिर ०१, २०८३
  • निजामती सेवामा तान्न आकर्षक प्याकेज ल्याउनुपर्छ : अध्यक्ष रेग्मी

    निजामती सेवामा तान्न आकर्षक प्याकेज ल्याउनुपर्छ : अध्यक्ष रेग्मी

    काठमाडौँ– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले निजामती सेवामा आकर्षित गर्न आकर्षक प्याकेज ल्याउनुपर्ने बताएका छन्। मंगलवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले नागरिकहरू निजामती सेवातर्फ आकर्षित नहुनुको खोजी हुनुपर्ने बताए। उनले आफ्ना सन्तानलाई अध्ययन गराउँदा नेपालका लागि केही गर्नुपर्छ भन्ने सन्देश दिन नसक्नु पनि यसको कारण हुनसक्ने बताए। उनले मुलुकको सामर्थ्यअनुसार अरू सेवा समूहलाई नियालेर आकर्षक प्याकेज ल्याउनुपर्ने बताए।

    उनले भने, ‘मानिसहरू निजामती सेवातर्फ किन आकर्षित भएनन् भन्ने विषयमा हाम्रा अभिभावकको पनि कमजोरी छ। आफ्ना छोराछोरीलाई भविष्यमा पढेर नेपालकै सेवा गर्नुपर्छ भन्छौँ रु कुन कलेजमा यस्तो पढ्यो भने छिटै भिसा पाइन्छ भन्ने पो पढाएका छौँ किरु निजामतीमा आकर्षणका लागि नेपाल सरकारले आकर्षणका प्याकेज के गर्नुपर्ने होरु निजामती सेवा ऐन बन्दा अब लोकसेवा आयोगले अहिलेसम्म अनुभव गरेको विषयमा सुझाव दिन्छ नै।’

    उनले पेन्सन भएर पनि कर्मचारी बसिरहेको नयाँले काम पाउँथे कि भन्ने विषय छ। त्यसरी कर्मचारीले २० वर्षमै पेन्सनमा जाने हो भने सरकारको दायित्व अत्यधिक बढ्ने बताए।

    उनले निजामती कर्मचारी २० वर्षमै पेन्सनमा जाने हो भने पेन्सनमा सरकारको दायित्व अत्यधिक बढ्ने र अनुभवी कर्मचारी निजामती सेवामा नहुने समस्याले निजामती सेवालाई असर पुग्ने स्थिति आउने बताए। उनले प्रशासनिक संघीयताको व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताए।