सांसद कार्की भन्छन् : वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्छ - Chaitanya News
  • 2026-11-16
  • 11:22:42
  • सोमबार,मंसिर ०१, २०८३
  • सांसद कार्की भन्छन् : वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्छ

    सांसद कार्की भन्छन् : वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्छ

    काठमाडौँ– नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सत्ता गठबन्धनमा भ्रम छरेर मुलुकलाई दुविधामा राख्न नहुने बताएका छन्। मंगलबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले वर्तमान सत्ता गठबन्धन ५ वर्ष नै चल्ने र अहिले गठबन्धन लयमा रहेको बताएका हुन्।

    उनले भने, ‘अहिले हामीले जुन गठबन्धन बनाएका छौँ, यो गठबन्धनलाई ५ वर्ष, केवल सरकार चलाउन, यो गठबन्धन जुन उद्देश्यका साथ निर्माण भएको थियो, बीचमा अलिकति गडबड पनि भयो। अहिले ठिक ट्रयाकमा छ। यही गठबन्धनले ५ वर्षमा देशलाई राजनीतिक स्थिरता दिएर मुलुकलाई आर्थिक दिशामा अग्रसर गराउनुपर्छ । इतिहासले दिएको जिम्मेवारी पनि त्यही हो। जनताको चाहना पनि त्यही हो। गठबन्धनको सम्बन्धमा अहिले हामीले नयाँ किसिमको कन्फ्युजन क्रिएट गरेर मुलुकलाई दुविधामा राख्नु हुँदैन।