बालुवाटार काण्डमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ - Chaitanya News
  • 2026-11-16
  • 11:08:10
  • सोमबार,मंसिर ०१, २०८३
  • बालुवाटार काण्डमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

    बालुवाटार काण्डमा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

    काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोसीआईबी)ले बालुवाटार जग्गासम्बन्धी फाइल खुलेपछि अभियुक्त पक्राउको संख्या बढ्दै गएको छ।

    यसक्रममा पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह पनि पक्राउ परेका छन्। यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँगै अन्य ६ कर्मचारी पक्राउ परेका छन्।

    शाहले बकसका रूपमा ललिता निवासको सरकारी जग्गा लिएको अनुसन्धानमा देखिएको थियो।

    पक्राउ पर्नेमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालिन कर्मचारीहरू कलाधर देउजा, हुपेन्द्रमणि केसी, धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की छन्। अनुसन्धान जारी राखेको सीआईबीले थप पक्राउ गर्न सक्ने जनाइएको छ।