वास्तविक सुकुम्बासी पहिचान गरेर समस्या समाधानतर्फ लागिरहेका छौं : मन्त्री श्रेष्ठ - Chaitanya News
  • 2026-11-16
  • 11:22:32
  • सोमबार,मंसिर ०१, २०८३
  • वास्तविक सुकुम्बासी पहिचान गरेर समस्या समाधानतर्फ लागिरहेका छौं : मन्त्री श्रेष्ठ

    वास्तविक सुकुम्बासी पहिचान गरेर समस्या समाधानतर्फ लागिरहेका छौं : मन्त्री श्रेष्ठ

    काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले विभिन्न जिल्लाका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुसँग परामर्श लिएर जग्गा राज्यले जग्गा वितरणका कार्यलाई अगाडि बढाइरहेको बताएकी छन्।

    आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नमाथि जवाफ दिँदै उनले वास्तविक सुकुम्बासी पहिचान गरेर समस्या समाधानतर्फ आफूहरु लागि रहेको बताएकी हुन्।

    ‘यससँग सम्बन्धित भूमि आयोगमा छलफल चलिरहेको छ। हामीले विभिन्न जिल्लाहरुमा गएर भूमिहीन दलित, भूमिहीन सुकुम्बासीसँग परामर्श लिएर, जग्गा दर्ता गरेर हामीले लालपुर्जा हस्तान्तरण गर्ने काम अगाडि बढाइरहेका छौं। हामीले सुकुम्बासी दुई थरीका देखेका छौं। वास्तविक सुकुम्बासी अनि हुकुम्बासी सुकुम्बासी भएर रहनु भएको छ। हामी यो पहिचानको कार्यमा अगाडि बढिरहेका छौं,’– उनले भनिन्।

    साथै, फरक प्रश्नमा केन्द्रीत हुँदै उनले जनताले सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनु पर्छ भन्ने पक्षमा रहेर आफूहरु नीति ल्याउने तयारीमा रहेको बताईन्। सहकारीबाट पीडित भएका बचतकर्ताहरुलाई न्याय दिनका लागि कार्यदल गठन भएर काम भइरहेको उनको भनाई छ।

    ‘सहकारीमा जनताले राखेको पैसा फिर्ता पाउनु पर्छ। हामी यस कार्यमा एकदमै गम्भीर रुपमा लागिसकेका छौं। सहकारीबाट ठगिएका जनतालाई न्याय दिनका लागि कार्यदल गठन गरेर अगाडि बढिसकेका छौं,’– उनले भनिन्।