जलहरी उदघाटन गर्नेको नाम राखिनु सामान्य : सचेतक बर्तौला - Chaitanya News
  • 2026-11-16
  • 11:24:07
  • सोमबार,मंसिर ०१, २०८३
  • जलहरी उदघाटन गर्नेको नाम राखिनु सामान्य : सचेतक बर्तौला

    जलहरी उदघाटन गर्नेको नाम राखिनु सामान्य : सचेतक बर्तौला

    काठमाडौं– नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले जलहरी उदघाटन गर्नेको नाम राखिनु सामान्य रहेको बताएका छन। आज संसद भवन परिसरमा पत्रकारसँग संक्षेपमा कुरा गर्दैै उनले सो कुरा बताएका हुन।

    पशुपतिमा राखिएको सुनको जलहरीमा अनियमित्ता गर्ने जो कोहीलाई पनि कारबाही हुनपर्ने भन्दै उनले भने, पशुपतिमा सुनको जलहरीको जाँच गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोग गरिरहेको र सरकारले आफ्नो ढङ्गले काम गर्न पाउँछ।

    एमालेलाई बदनाम गराउन जनताको आँखामा छारो हाल्ने काम भइरहेको भन्दै उनले सत्य तथ्यका आधारमा छानविन गर्न आग्रह गरे। अख्तियारको पूर्ण रिपोर्ट नआइसकेको भन्दै जलहरीमा तत्कालिन राट्रपति र प्रधानमन्त्रीको नाम उल्लेख हुनु सामान्य विषय भएको उनको भनाइ छ।

    सरकारको नेतृत्व गरेका बेला नाम लेखिनु सामान्य कुरा हो। यस्तो सामान्य कुरामा पनि अल्झिएर बस्नु, टिप्पणी गर्नु हुँदैन उनले भने। सचेतक बर्तौलाले देशको नेतृत्व गरिसकेको मानिसको नाम उद्घाटन गरिएको ठाउँमा लेखियो भनेर टिप्पणी गर्नु गलत भएको बताए ।