काठमाडौं– नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरूको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताएका छन्।
सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँगको कुराकानी खतिवडाले यस्तो बताएका हुन्। खतिवडाले भने, ‘हामीले कसैलाई पनि मिथ्या आरोप लगाएर राजनीति गर्दैनौं। हामीलाई झूटको राजनीति गर्नु छैन। तर, त्योभन्दा ठूलो कुरा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र पूर्वसंस्कृतिमन्त्रीको नामबाट आएको पानी खानुपर्ने रहेछ, यो बाध्यता किन पारियो?
खतिवडाले यस विषयमा पनि सत्यतथ्य छानबिन हुनुपर्ने माग गरे।
‘महादेवलाई उहाँहरूको नामबाट पानी खुवाउने चलन, पशुपतिनाथलाई खुवाउने चलन किन चलेछ रु यसमा छलफल गर्नुपर्छ। (सरकारले) सत्यतथ्य ल्याओस्।’