कोशी प्रदेश सरकारले गर्‍यो ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि कर्मचारी माग - Chaitanya News
  • 2026-11-16
  • 10:49:55
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी प्रदेश सरकारले गर्‍यो ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि कर्मचारी माग

    कोशी प्रदेश सरकारले गर्‍यो ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि कर्मचारी माग

    काठमाडौं– कोशी प्रदेश सरकारले ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । कोशी प्रदेश लोकसेवा आयोगले अधिकृतस्तर आठौं र सातौं तहका पदमा डेढ सयको संख्यामा कर्मचारी मागेको छ।

    आयोगले प्राविधिक तथा अप्राविधिकतर्फ अन्तरस्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको जनाएको छ।

    योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ३१ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्नेछन्।

    दोब्बर दस्तुर तिरेर भदौ ७ गतेसम्म आवेदन दिन सकिने पनि आज प्रकाशित विज्ञापनमा उल्लेख छ।