कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने भन्नेकुरा सुनेको छु : शशांक कोइराला - Chaitanya News
  • 2026-11-16
  • 10:41:54
  • सोमबार,मंसिर ०१, २०८३
  • कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने भन्नेकुरा सुनेको छु : शशांक कोइराला

    कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने भन्नेकुरा सुनेको छु : शशांक कोइराला

    काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भए पनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताएका छन्।

    सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नयाँ समीकरणका बारेमा पार्टी सभापतिसँग भेटेर कुरा गरेपछि मात्रै यथार्थ कुरा बाहिर आउने बताए।

    उनले भने, ‘सम्भवतः नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने भन्नेकुरा सुनेको छु, तर पार्टी सभापतिसँग कुरा भएको छैन। भेटेर कुरा गरेपछि थाहा हुन्छ।’

    उनले पार्टी सभापति शेरबहादुर देउवा हुन्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने स्पष्ट पारे। उनले १५ औँ महाधिवेशनपछि मात्रै कांग्रेसबाट सरकारको नेतृत्व कसले गर्छ भन्नेकुराको टुंगो लाग्ने बताए।

    उनले १५ औँ महाधिवेशनमा आफूलाई सभापतिमा देख्ने सम्भावना बलियो रहेको बताए। सांसद कोइरालाले सभापतिमा आफू उठ्नुपूर्व पार्टी कार्यकर्ताहरुको आग्रहलाई सुन्ने बताए।