विपन्न नागरिकहरुको लागि निशुल्क स्वास्थ्य सेवा दिने व्यवस्था गरेका छौँ : मन्त्री बस्नेत - Chaitanya News
  • 2026-05-03
  • 00:39:56
  • शनिबार,बैशाख १९, २०८३
  • विपन्न नागरिकहरुको लागि निशुल्क स्वास्थ्य सेवा दिने व्यवस्था गरेका छौँ : मन्त्री बस्नेत

    विपन्न नागरिकहरुको लागि निशुल्क स्वास्थ्य सेवा दिने व्यवस्था गरेका छौँ : मन्त्री बस्नेत

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले विपन्न नागरिकहरुको लागि निशुल्क स्वास्थ्य सेवा दिने व्यवस्था गरेको बताएका छन्।

    आज प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री बस्नेतले नीजि तथा सरकारी अस्पतालहरुले स्विकृति लिने बेलामा १० प्रतिशत विपन्न, असहाय र व्यवारिसे नागरिकहरुलाई निशूल्क सेवा उपलब्ध गराउने व्यवस्था आफू मन्त्रालय आएपछि गरेको बताएका हुन्।

    उनले भने, ‘यो १० प्रतिशत वेडसहितको उपचार नीजि मेडिकल कलेज, सरकारी अस्पताल र अरु अस्पतालहरुले स्विकृति लिने बेलामा १० प्रतिशत विपन्न, असहाय र व्यवारिसे नागरिकहरुलाई यो सेवा उपलब्ध गराउन पर्ने आजका मितिसम्म यो सेवा उपलब्ध भएको थिएन्। मैले यहाँ प्रवेश गरेपछि कडाईका साथ यो १० प्रतिशत सुविधा विपन्न, असहाय र व्यवारिसे जनताले पाउनु पर्ने ग्यारेन्टि गरेको छ।

    मन्त्री बस्नेतले निशूल्क सेवा प्राप्त गर्नको लागि निशूल्क कोटा उपलब्ध गराउने र कोटा वाहेकलाई स्थानीय निकाय वडा कार्यालयले सिफारिस गरेर सेवा उपलब्ध गराउने काममास्वास्थ्य मन्त्रालयले प्रयासरत रहेको बताए। उनले भने, ‘यो सुविधाको लागि मापदण्डके हो भन्दा २२ वटा जिल्लामा गरिबीको रेखामुनिका जनताहरुका नाममा एउटा कार्ड प्राप्त भएको छ। त्यो कार्डको आधारमा निशूल्क कोटा उपलब्ध गराउने र स्थानीय निकाय वडा कार्यालयले सिफारिस गरेका मान्छे गरिब, विपन्न, व्यवासिर हो भनेर भनेको मान्छेलाई उपचार गर्नुपर्ने र यसमा स्वास्थ्य मन्त्रालयले अनुगमन गर्नुपर्ने यो काम अहिले भईरहेको छ।

    उनले अस्पतालमा अनलाईन मार्फत पनि टिकट लिन मिल्ने व्यवस्थालाई प्रभावकारी ढङ्गले अगाडि बढाएको पनि बताए। उनले डब्लुएच्ओको मापदण्डका अनुसार बजेटको १० प्रतिशत स्वास्थ्यको लागि छुट्टाउनु पर्ने अवस्थामा ४.८ प्रतिशत मात्रै बजेट विनियोजन भएको भन्दै नेपालको दशकको इतिहासमा पहिलो पटक स्वास्थ्य क्षेत्रमा कम बजेट परेको बताए।