कोशी प्रदेशसभा बैठक १४ असार दिउँसो १ बजे बस्ने गरीबोलाइयो - Chaitanya News
  • 2026-11-16
  • 10:49:50
  • सोमबार,मंसिर ०१, २०८३
  • कोशी प्रदेशसभा बैठक १४ असार दिउँसो १ बजे बस्ने गरीबोलाइयो

    कोशी प्रदेशसभा बैठक १४ असार दिउँसो १ बजे बस्ने गरीबोलाइयो

    विराटनगर– कोशी प्रदेशसभाको बैठक १४ असारमा बोलाइएको छ।

    प्रदेश मन्त्रिपरिषदको आइतबार बसेको बैठकले १४ असारमा प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।

    प्रदेश प्रमुखको कार्यालयले सोमबार एक विज्ञप्ति जारी गरी प्रदेश प्रमुख परशुराम खापुङले असार १४ गते दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेको जानकारी दिएको छ। १४ असारमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन्।

    नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकार छाडेपछि एमाले नेता कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ। अर्थमन्त्रीसमेत रहेका कार्कीले प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आर्थिक वर्ष २०८०८१ को बजेट ल्याएका थिए।