अहिलेको गठबन्धन पाँच वर्षसम्म केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-11-16
  • 10:49:25
  • सोमबार,मंसिर ०१, २०८३
  • अहिलेको गठबन्धन पाँच वर्षसम्म केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

    अहिलेको गठबन्धन पाँच वर्षसम्म केही हुनेवाला छैन : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धन पाँच वर्षसम्म जाने बताएका छन्।

    सोमबार धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको भवन उद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले पाँच वर्षसम्म गठबन्धन रहने बताए।

    ‘अहिले कता कता यो सरकारको आयु कति भनेर मिडियामा हुनेनहुने चर्चा चल्ने गरेको छ। पाँच वर्ष यो गठबन्धन केहि हुनेवाला छैन, यही गठबन्धनको नेतृत्वमा देश विकासको युगतर्फ जानेछ’, प्रचण्डको भनाइ छ।

    भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि राम्रो गरेको देखि नसहने नकारात्मक प्रवृत्ति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाई थियो।

    आफूले देश र जनताको पक्षमा राम्रो गर्दै जाने बताउँदै जनतापक्षमा गरेका कामको जनताले नै फैसला गर्ने प्रधानमन्त्रीको विश्वास छ।