जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुँदै - Chaitanya News
  • 2026-11-16
  • 10:23:11
  • सोमबार,मंसिर ०१, २०८३
  • जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुँदै

    जसपाको विधान अधिवेशन जारी, आज समूहगत छलफल हुँदै

    काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको विधान अधिवेशन जारी रहेको छ ।

    हिजोबाट सुरु भएको अधिवेशनको दोस्रो दिन आज पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको विधानमाथि छलफल हुँदैछ । छलफलका लागि सहभागीलाई १० समूहमा विभाजन गरिएको छ ।

    हिजो अध्यक्ष यादवले मस्यौदा विधान प्रस्ताव गरेका थिए । सोही प्रस्तावित विधानमा आजबाट समूहगत छलफल हुन लागेको हो ।

    अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ सङ्गठनलगायत देशभरी तथा प्रवाससमेतबाट गरी करिव ८०० प्रतिनिधिहरू सहभागी छन् ।

    पुनः एकल नेतृत्वमा फर्काउने जसपा नेपालको विधान पारित भएमा अध्यक्ष यादव पुनः शक्तिशाली बन्नेछन् ।

    विधानले ७० वर्षे उमेर हदको व्यवस्थाका साथै एक व्यक्ति एउटै पदमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने जस्ता नयाँ ब्यवस्था राखेर विधान प्रस्तुत गरिएको छ ।