जसपा नभएको भए नागरिकता विधेयक र संघीयता कहिल्यै आउने थिएन : अध्यक्ष यादव - Chaitanya News
  • 2026-11-16
  • 10:23:31
  • सोमबार,मंसिर ०१, २०८३
  • जसपा नभएको भए नागरिकता विधेयक र संघीयता कहिल्यै आउने थिएन : अध्यक्ष यादव

    जसपा नभएको भए नागरिकता विधेयक र संघीयता कहिल्यै आउने थिएन : अध्यक्ष यादव

    काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता विधेयक र संघीयता कहिल्यै नआउने दाबी गरेका छन्।

    आइतबार जसपाको विधान अधिवेसनमा बोल्दै अध्यक्ष यादवले जसपा नभएको भए नागरिकता विधेयक र संघीयता कहिल्यै नआउने दाबी गरेका हुन्।

    उनले भने, ‘अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या नेपालमा कहिले पनि हल हुने थिएन। नेपालमा संघीयता कहिल्यै आउने थिएन। हिजोको मधेसी जनाधिकार फोरम भनेको आजको जनता समाजवादी पार्टी फोरम हो। यो पार्टी नभइदिएको भए धर्मनिरपेक्षता, समावेशिता जस्ता कल्पनाका कुरा हुने थिए।