सरकार कृषि क्षेत्रको विकासमा प्रतिबद्ध छ : मन्त्री भूसाल - Chaitanya News
  • 2026-11-16
  • 10:21:27
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकार कृषि क्षेत्रको विकासमा प्रतिबद्ध छ : मन्त्री भूसाल

    सरकार कृषि क्षेत्रको विकासमा प्रतिबद्ध छ : मन्त्री भूसाल

    काठमाडौं– कृषि तथा पशुपंछी मन्त्री बेदुराम भूसालले सरकार कृषि क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताएका छन्।

    आइतवार डेरी दर्पण लोकार्पण कार्यक्रममा मन्त्री भूसालले कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेन भन्ने गुनासो गरिएको भन्दै आफूहरु दुग्ध उत्पादनमा मात्रै नभएर समग्र कृषि क्षेत्रको विकासका लागि प्रतिवद्ध रहेको बताएका हुन्। तर कृषि क्षेत्रमै लागेकाहरुले डेरीलाई नै प्राथमिकतामा नराखेको उनको तर्क छ।

    उनले भने, ‘कृषि क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेन भन्नु हुन्छ तर यहाँहरुले नै गरेको प्रकाशनमा डेरीलाई पनि कृषिले प्राथमिकतामा राखेको देखिएन, त्यसैले भन्ने कुरा र गर्ने कुरा एउटै हुनुपर्छ।

    मन्त्री भूसालले सरकार दुध विकासको पक्षमा अझ धेरै राम्रो काम गर्न लागिपरेको बताए। उनले भने,‘दुध विकासबाट हात हटाउन खोजेको होईन सरकारले दुध विकासको पक्षमा छ। सरकार अझ अहिलेको भन्दा राम्रो गर्नुपर्छ भन्ने पक्षमा छ।

    कृषिको नीतिको अभाव भन्दा पनि व्यवहारीक नीतिको अभाव र कार्यन्वयनमा समस्या रहेको उनले बताए।