काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेस छियाछिया भएको बताएका छन्।
नेपाल प्रेस युनियन काठमाडौंकोे नवौँ अधिवेशन उद्घाटन गर्दै कांग्रेसलाई कसरी पुनर्जीवन दिने भन्ने विषय आजका लागि चुनौतीपूर्ण भएको बताए।
कांग्रेसलाई कसरी सुदृढ गर्ने? नेपाली कांग्रेसको संस्थापक नेता बीपी कोइरालाका कान्छा छोरा समेत रहेका कोइरालाले भने, “कांग्रेस छियाछिया हुन थाल्या छ। कसरी पुनर्जीवन दिने?
कांग्रेसमा देखिएको समस्याले देशको संविधान समेत जोगाउन राष्ट्रिय शक्तिकै उपस्थिति नदेखिएको बताए।
“आउदो भविष्यमा हामी कसरी जाने? संविधानको रक्षाका लागि समेत अविभावकीय भूमिकामा कोही नदेखिएको संकेत गर्दै कोइरालाले भने, “लेखेर मात्र हुँदैन। ७० वर्ष लगाएर लेखेको संविधान जोगाउनु पर्नेछ। सम्बिधानमाथि प्रहार भएको छ।