अख्तियारको टोली जलहरीको अनुगमनमा आउने भएपछि खाली गराइयो पशुपतिनाथ मन्दिर - Chaitanya News
  • 2026-11-16
  • 10:02:38
  • सोमबार,मंसिर ०१, २०८३
  • अख्तियारको टोली जलहरीको अनुगमनमा आउने भएपछि खाली गराइयो पशुपतिनाथ मन्दिर

    अख्तियारको टोली जलहरीको अनुगमनमा आउने भएपछि खाली गराइयो पशुपतिनाथ मन्दिर

    काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली जलहरीको अनुगमनमा आउने भएपछि पशुपतिनाथ मन्दिर खाली गराइएको छ। मन्दिर क्षेत्रमा पूजाआजा गर्न गएका भक्तजनलाई बाहिर निकालेर पशुपतिका सबै ढोका लगाइएको छ।

    जलहरी राख्दा भ्रष्टाचार भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिर जान लागेको हो। अख्तियारको टोली साढे ३ बजे मन्दिरमा आउने स्रोतको भनाइ छ।