काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान नरोकिएको जानकारी दिएका छन्।
आइतबार गृहको विनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार चुप नलागेको बताएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना प्रतिवादीमध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।
सरकारले उक्त प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ।
प्रतिनिधिसभामा गृहमन्त्री श्रेष्ठले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान रोकिएको छैन। यस्तै, अरू काण्डमा पनि सरकार चुप बस्दैन, दोषी देखिएहरूमाथि कारबाही तथा अनुसन्धान हुन्छ।’