विद्युतीय सञ्चारमाध्यममा डोटेली भाषा प्रशारणको २३ वर्ष पुरा - Chaitanya News
  • 2026-05-24
  • 23:54:24
  • आइतबार,जेठ १०, २०८३
  • विद्युतीय सञ्चारमाध्यममा डोटेली भाषा प्रशारणको २३ वर्ष पुरा

    विद्युतीय सञ्चारमाध्यममा डोटेली भाषा प्रशारणको २३ वर्ष पुरा

    काठमाडौं- डोटेली भाषा प्रशारणले २३ वर्ष पुरा गरेको छ। २०५७ साल असार ९ गते (शुक्रबार) रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतबाट पहिलो पटक डोटेली भाषाको समाचार प्रशारण भएको थियो।

    डोटेली भाषाको सुरुवाति समाचार वाचक मुकुन्द भण्डारी रहेका थिए। आठ बजे बेलुकाको समयमा डोटेली भाषको समाचार प्रसारण हुनेगरेको उनी स्मरण गर्छन्। भण्डारीले समाचारको रुपमा यो नै पहिलो पटक सञ्चारमाध्यमबाट डोटेली भाषा प्रशारण भएको बताए। सुरुका दिनमा सुर्खेत प्रशारण केन्द्रबाट प्रशारण हुने गरेको डोटेली भाषाको समाचार र कार्यक्रम विभिन्न घटनाक्रमसँगै अहिले दिपायल प्रशारण केन्द्रबाट प्रशारण हुने गर्छ।

    ‘डोटेली भाषालाई प्राथमिकता दिनुपर्छ, डोटेली भाषा काली-कर्णालीका पहाडी भूभाग बोलिने प्रमुख भाषा हो। यही भाषालाई नेपाली भाषाको जननी मानिन्छ’, भण्डारी भन्छन्। अन्य भाषाले प्राथमिकता पाइरहेको भए पनि त्यसको तुलनामा डोटेली भाषालाई महत्व नदिइनु दुर्भायपूर्ण भएको उनी बताउँछन्।

    आइएसओ मान्यता पाइसकेको डोटेलीको संरणका लागि सरकारले ध्यान दिनुपर्नेमा भण्डारीको जोड् छ। डोटेली भाषमा राष्ट्रिय तथा अन्तर्राष्ट्रि रुपमै अनुसन्धानसमेत भएको उनले बताए। डोटेली भाषाम युरोपका नागरिक जोन पोलले पिएचडी गरेका छन्।

    ‘डोटेली भाषाको समाचार प्रशारण पछि स्रोताले औधी रुचाए। डोटेली भाषीको लागि असार ९ गते महत्वपूर्ण दिन हो’, उनले भने।