नेपालमा ५ लाख टन मल अवैध रूपमा आउँछ : विनोद चौधरी - Chaitanya News
  • 2026-11-16
  • 10:01:43
  • सोमबार,मंसिर ०१, २०८३
  • नेपालमा ५ लाख टन मल अवैध रूपमा आउँछ : विनोद चौधरी

    नेपालमा ५ लाख टन मल अवैध रूपमा आउँछ : विनोद चौधरी

    काठमाडौं– सांसद विनोद चौधरीले नेपालमा चाहिने मल सरकारले दिन नसकेको बताएका छन्।

    नेपाल उद्योग परिसंघको २०औँ साधारण सभामा सांसद चौधरीले नेपालमा पाँच लाख टन मल अवैधरूपमा आउने गरेको दाबीसमेत गरे।

    सात लाख टन मल चाहिन्छ । दुई लाख टन किन्छौ। पाँच लाख टन अवैध रूपमा नेपालमा मल आउँछ,उनले भने।

    सांसद चौधरीले नेपालमा कर बढी रहेको पनि टिप्पणी गरे। कर मात्र थुपारेर नहुने भन्दै उनले यसलाई घटाउन आवश्यक रहेको तर्क गरे।