काठमाडौँ– नेपाल समाजवादी पार्टी (रास्वपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले आगामी ८४ सालको निर्वाचनपछि नयाँ राजनीतिक दलको नेतृत्वमा सरकार बन्ने ठोकुवा गरेका छन्। बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बार्षिकोत्सवको अवसरमा आयोजित चियापान समारोहमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा।भट्टराईले एमाले, कांग्रेस, माओवादी केन्द्रबाहेकका नयाँ राजनीतक दलको नेतृत्वमा सरकार बन्ने बताएका हुन्।
‘आउँदो ८४ सालको चुनावमा नयाँ दलले नेतृत्व गरेको सरकार बन्छ। को हुन्छ म भन्दिनँ, तर नयाँ दलको नेतृत्वमा सरकार बन्छ’, डा. भट्टराईको दावी छ। उनले रास्वपा नेपाली राजनीतिमा आएकोमा शुभकामना दिँदै भने, ‘बहुदलीय व्यवस्थामा विचार फरक हुन सक्छन्। अहिले नेपाली जनताले नयाँ चाहेका हुन्। नयाँ भनेको अग्रगमन हो। पछाडि फर्किन होइन। जसले संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर देशलाई सुशासनतर्फ लान सकोस्।