काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न एमाले अघि बढिरहेको बताएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले देश बनाउने एकमात्रै पार्टी एमाले भएको भन्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न अघि बढिरहेको जिकिर गरे।
देशप्रति समर्पित पार्टी एमालेभित्र बेठिक मान्छे पनि हुन सक्ने भएपनि त्यस्ता मान्छेहरू आफै पतन भएर जाने र पार्टी झन मजबुत भएर अघि बढ्ने उनले बताए। उनले प्राकृतिक स्रोतको धनी राष्ट्र नेपाल गरिब हुनुपर्ने कारण नभएको भन्दै यस परिस्थितिलाई बदल्नुपर्ने धारणा राखे।
कार्यक्रममा ओली कांग्रेस, नेकपा एकीकृत समाजवादी लगायतका दलबाट आएका बिभिन्न जिल्लाका नेता कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए।