काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद पशुपतिशमशेर जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद जबराले राजसंस्था फर्किने आशा जीवित रहेको बताएका हुन्।
उनले हिन्दु राष्ट्र कायम हुनुपर्ने पनि बताए। उनले आफूहरू देश उदार प्रजातन्त्रबाट मात्रै विकसित हुन्छ भन्ने सोचमा रहेको बताए।
उनले भने, ‘हाम्रो पाँच वटा उद्देश्य हो। हामी राष्ट्रवादी हौँ। बहुदलीय प्रजातन्त्रप्रति हामी एकदम कटिवद्ध छौँ। हामी उदारवाद, यो मुलुक एउटा उदार प्रजातन्त्रबाट मात्रै विकसित हुनसक्छ भन्ने सोचमा छौँ। साथसाथै यो मुलुक हिन्दु पनि हुनुपर्छ। बढी गेरवशाली श्रीपेच भयो भने राम्रो हुन्छ। आशा गरौँ । आशा जहिले पनि जागृत रहनुपर्छ। मान्छे आशा नभएर अगाडि बढ्न सक्दैन। यो आशा हामीसँग जीवित छ।’
उनले राप्रपासँग विचार मिल्नेहरूसँग मिलेर अगाडि बढ्ने सम्बन्धमा पनि छलफल भइरहेको बताए।