योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउँछ : अध्यक्ष ओली - Chaitanya News
  • 2026-11-16
  • 09:14:42
  • सोमबार,मंसिर ०१, २०८३
  • योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउँछ : अध्यक्ष ओली

    योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउँछ : अध्यक्ष ओली

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने बताएका छन्।

    बुधबार ललितपुरमा आयोजित अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजको सन्दर्भमा योगले समृद्ध नेपाल र सुखी नेपालीको कुरा गरिरहेको बताएका हुन्।

    अध्यक्ष ओलीले मान्छे सम्मानित जीवन बाँचोस्, अभावरहित बाँचोस्, सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्नसक्ने गरी बाँचोस् भन्ने अहिलेको आवश्यकता भएको बताए।

    उनले भने, ‘मान्छे सम्मानित जीवन अभावरहित, भोकमरीरहित सम्पन्न र विज्ञान प्रविधिले उपलब्ध गराएका आजका सुविधा, सहुलियतहरु सबै प्रयोग गर्न पनि चाहन्छ र सुरक्षित हुन चाहन्छ। सम्मानित जीवन बाँच्न चाहन्छ। समान भएर अरु बराबरको छु है भन्ने हिसाबले बाँच्न चाहन्छ। त्यसकारण हामीले समृद्ध नेपाल, सुखी नेपाली भनेका हौँ। योगले भनेको त्यही हो।

    योगले भनेको समृद्ध नेपाल, सुखी नेपाली हो आजको सन्दर्भमा योगले गर्न खोजेको कुरै त्यही हो। योगले नेपाललाई समृद्ध बनाउन खोजेको हो, नेपालीलाई सुखी बनाउन खोजेको हो।’