काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालले योग दिवस तीन दशकअघि नै मनाउन थालिसकेको दाबी गरेका छन्। उनले योगको सुरुवात नेपालबाटै भएको दाबी गरे।
९औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज ९बुधबार० पार्टी मुख्यालय च्यासलमा आयोजित प्रवचन कार्यक्रममा बोल्दै ओलीले यस्तो दाबी गरेका हुन्। उनले भने,‘नेपालले नै विश्वमा पहिलो पटक योग दिवस मनाउन किन प्रारम्भ ग¥यो? अरूले मनाएको थिएन। हामीसँग विद्धान ऋषिमुनीहरुको जिनेटिक मेमोरी छ। त्यो स्मृति छ हामीसँग, त्यो स्मृतिले हामीलाई झकझक्याइरहन्छ। त्यसैकारण हो।’