किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्छ : प्रभु साह - Chaitanya News
  • 2026-11-16
  • 09:12:32
  • सोमबार,मंसिर ०१, २०८३
  • किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्छ : प्रभु साह

    किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्छ : प्रभु साह

    काठमाडौं– आम जनता पार्टीका अध्यक्ष प्रभु साहले किसानलाई पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका छन्।

    कृषि क्षेत्रको प्रोत्साहन र किसानको सम्मानका लागि पेन्सन दिनुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधिसभामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै अध्यक्ष साहले कर्मचारीलाई पेन्सन दिने तर किसानलाई नदिने काम उचित नहुने बताए।

    किसानलाई पेन्सनको व्यवस्था गरौं। लुट्ने स्थायी सरकारलाई होइन। जति ठूलो पोस्टमा छ, त्यति ठूलो भाग खानेलाई पेन्सन दिएर पाल्ने होइन। स्वार्थीलाई सम्मान गर्ने हो कि त्यागीलाई सम्मान गर्ने हो? दुनियाँका लागि खनुपसिना सुकाएर जीवन दिनेलाई सम्मान गर्ने हो कि चुसेर महल ठड्याउनेलाई सम्मान गर्ने हो?’ उनले प्रश्न गरे।

    कृषिलाई आकर्षणको क्षेत्र बनाउन परम्परागत बजेटले सम्भव नहुने भन्दै साहले नयाँ ढंगले सोच्नुपर्ने धारणा राखे।