सरकारले नागरिकता दिन किन रोक लगायो? : सांसद शाह - Chaitanya News
  • 2026-11-16
  • 08:34:00
  • सोमबार,मंसिर ०१, २०८३
  • सरकारले नागरिकता दिन किन रोक लगायो? : सांसद शाह

    सरकारले नागरिकता दिन किन रोक लगायो? : सांसद शाह

    काठमाडौँ– प्रतिनिधिसभा सदस्य ज्वालाकुमारी शाहले सरकारले नागरिकता दिन किन रोक लगाएको छ भन्दै प्रश्न गरेकी छन्। बुधबारको प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद शाहले नागरिकता पीडितलाई सरकारले द्रुत गतीमा नागरिकता दिनुपर्ने माग गरिन्।

    प्रतिपक्षीहरूले नागरिकता वितरणमा बाधा पुर्याइरहेको उनले बताइन्।

    उनले मंगलबार गाडी दुर्घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंहप्रति पनि श्रद्धाञ्जली अर्पण गरिन् ।