पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण - Chaitanya News
  • 2026-11-21
  • 06:48:20
  • शनिबार,मंसिर ०६, २०८३
  • पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण

    पोखरा विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय विमान अवतरण

    काठमाडौं –  पोखरा विमानस्थलमा सिचुवान एयरले पहिलो अन्तर्राष्ट्रिय अवतरण गरेको छ । सन्चालनमा आएको ६ महिनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक व्यवसायिक अन्तर्राष्ट्रिय उडान अवतरण भएको हो ।

    बुधवार चीनको छेन्दु–तियान्फु विमानस्थलबाट एक सय ३५ जना यात्रु बोकेको सिचुवान एयरलाइन्सले उडान अवतरण गरेको हो ।उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै भइरहेको छ । उक्त जहाज आज नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ ।

    पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ । उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेण्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आएका छन् ।