प्रतिनिधिसभाको बैठक आज पनि बस्दै : विनियोजन विधेयकमाथि छलफल जारी रहने - Chaitanya News
  • 2026-11-16
  • 08:32:50
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रतिनिधिसभाको बैठक आज पनि बस्दै : विनियोजन विधेयकमाथि छलफल जारी रहने

    प्रतिनिधिसभाको बैठक आज पनि बस्दै : विनियोजन विधेयकमाथि छलफल जारी रहने

    काठमाडौँ –  प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ः०० बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ ।

    आज युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, कानुन, न्याय तथा संसदीय मामिला र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुने भएको छ ।

    यसअघि हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो ।