समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस तर्सिदैन : प्रदीप पौडेल - Chaitanya News
  • 2026-11-16
  • 08:34:05
  • सोमबार,मंसिर ०१, २०८३
  • समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस तर्सिदैन : प्रदीप पौडेल

    समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस तर्सिदैन : प्रदीप पौडेल

    काठमाडौँ — सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन्। मंगलबार संसद्‍बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन्।

    सांसद पौडेलले अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना नरहेकोसमेत स्पष्ट पारे। एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिस्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको उनको भनाइ छ। समाजवादी मोर्चासँग आशंका गरेर कांग्रेस सरकारबाट नबाहिरिनेसमेत उनले बताए। उनले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताए।

    अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिस्ट नेताहरुले यो गरेका हुन्। यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन,उनले भने।

    त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको आलोचना गर्दै उनले भने, विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ। बैठक नियमित ढंगबाट बस्नुपर्छ। जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन। कार्य सम्पादन, केन्द्रिय समितिहरु पनि त्यसमा सहभागी हुनुपर्छ।’