काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले नेपालले अब अथाह सम्भावना भएको क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बजेटमा मन्त्रालयगत विनियोजनमाथिको छलफलमा सांसद वाग्लेले आइटी जस्तो अथाह सम्भावना भएको क्षेत्रमा लगानी नै नभएको बताएका हुन्। उनले आर्थिक क्षेत्रमा आइटीले सानोतिनो भूकम्प नै ल्याउन सक्ने हुँदा आइटीको अपार सम्भावनामा ध्यान पुर्याउनु पर्ने बताए।
उनले भने, ‘अथाह सम्भावना छ निर्यातजन्य आइटी सेक्टरमा। तर यस क्षेत्रमा मात्र झारा टार्ने काम भएको छ , नेपालमा यस्को सम्भावना अथाह हुँदा हुँदै पनि सरकारले डिजिटलको मात्र कुरा गरेर यस्को जिम्मेवारी पूरा गर्ने गरेको छ। आइटी सेक्टरले नेपाललाई धेरै दिन सक्छ तर भेउ नै पाउन सकेका छैनौं।’
सांसद वाग्लेले बजारलाई नियन्त्रणमा राख्नुपर्ने भन्दै छाडातन्त्रमा बजारलाई छाड्न नहुने बताए।