काठमाडौँ — मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक केहीबेरअघि सुरु भएको हो।
बैठकमा मन्त्रालयगत एजेन्डालगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठलगायत विभागीय मन्त्रीहरु सहभागी छन्।