प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर - Chaitanya News
  • 2026-11-16
  • 11:39:04
  • सोमबार,मंसिर ०१, २०८३
  • प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    प्रहरी सहायक निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरीक्षक (असइ) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। इलाका प्रहरी कार्यालय,मिर्चैया सिरहाको मुद्दाा शाखामा कार्यरत असइ सचिन कुमार भदैसवारविरुद्ध भ्रष्टारचार मुद्दा दायर भएको हो।

    आयोगका प्रवक्ता भोला दाहालले उजुरी निवेदनका आधारमा अनुसन्धान हुँदा प्रहरी सहायक निरीक्षक भदैसवारले सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएपछि आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको जानकारी दिए।

    केही दिनअघि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले असइ भदैसवारलाई ९ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

    भदैसवारलाई नौ हजार विगोसहित कैद सजाय माग गरिएको छ।