सुदूरपश्चिमका कानूनमन्त्री सिंह चढेको गाडी दुर्घटना - Chaitanya News
  • 2026-11-16
  • 11:37:24
  • सोमबार,मंसिर ०१, २०८३
  • सुदूरपश्चिमका कानूनमन्त्री सिंह चढेको गाडी दुर्घटना

    सुदूरपश्चिमका कानूनमन्त्री सिंह चढेको गाडी दुर्घटना

    काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटनामा परेको छ।

    मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी मंगलबार डडेलधुराबाट चैनपुर आउँदै गर्दा दुर्घटनामा परेको हो।

    गाडी केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

    गाडी दुर्घटनामा मन्त्री सिंहसहित ४ जना घाइते भएका छन्। मन्त्री सिंहको खुट्टा र अनुहारमा चोट लागेको छ। उनको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ।

    बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको जनाइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ।