कीर्ते गरी नागरिकता प्रकरणमा ८ जना पक्राउ, वडाध्यक्ष र सचिव फरार - Chaitanya News
  • 2026-11-16
  • 11:01:15
  • सोमबार,मंसिर ०१, २०८३
  • कीर्ते गरी नागरिकता प्रकरणमा ८ जना पक्राउ, वडाध्यक्ष र सचिव फरार

    कीर्ते गरी नागरिकता प्रकरणमा ८ जना पक्राउ, वडाध्यक्ष र सचिव फरार

    दाङ- कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएको आरोपमा प्रहरीले दाङबाट आठ जनालाई पकेराउ गरेको छ।

    पक्राउ पर्नेमा नागरिकता बनाउने व्यक्तिका बाजे नाता पर्ने राजपुर गाउँपालिका ५ सिमलखुटीका ज्ञानबहादुर विक, हजुर आमा नाता पर्ने जोगिनी विक, नागरिकता लिने (नाति) विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरू सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेको जिल्ला प्रहरी कार्यालयले ज नाएको छ।

    ज्ञानबहादुरले आफ्नो छोरीको छोरा (नाति) विवेकलाई आफ्नो छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरूलाई तत्काल पक्राउ गरेको दाङ डिएसपी राजन गौतमले बताए।

    उनले गत वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसालेर नातिलाई छोरा बनाई जन्म दर्ता बनाएको प्रहरीको भनाई छ।

    जन्म दर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिससमेत दिएको बताइएको छ। त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेको खुलेको डिएसपी गौतमले जानकारी दिए।

    राजपुर गाउँपालिका ५ का वडाध्यक्ष टङ्क बहादुर विष्ट र वडा सचिव फरार रहेका छन्। अदालती प्रक्रिया अनुसार उनीहरूको खोजी भइरहेको छ।