पाँचथरको हेवा खोलामा आएको बाढीमा ६ जना बेपत्ता, पक्की र झोलुंगे पुल बग्यो - Chaitanya News
  • 2026-11-16
  • 11:01:29
  • सोमबार,मंसिर ०१, २०८३
  • पाँचथरको हेवा खोलामा आएको बाढीमा ६ जना बेपत्ता, पक्की र झोलुंगे पुल बग्यो

    पाँचथरको हेवा खोलामा आएको बाढीमा ६ जना बेपत्ता, पक्की र झोलुंगे पुल बग्यो

    पाँचथर : अविरल वर्षासँगै हेवा खोलामा आएको बाढीले पाँचथरमा ६ जना बेपत्ता भएका छन् । फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् ।

    हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका कर्मचारी राम थापाले जानकारी दिए ।

    त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए ।

    बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ ।

    यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।