ललितपुरको इमाडोलमा बस दुर्घटना: १८ जना घाइते - Chaitanya News
  • 2026-11-16
  • 11:08:05
  • सोमबार,मंसिर ०१, २०८३
  • ललितपुरको इमाडोलमा बस दुर्घटना: १८ जना घाइते

    ललितपुरको इमाडोलमा बस दुर्घटना: १८ जना घाइते

    काठमाडौं –  ललितपुरको इमाडोलमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

    शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलको बीच सडकमै पल्टिएको हो ।

    जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार बसमा २४ जना सवार थिए । २४ जना मध्ये १८ जना गम्भिरर घाइते भएका छन् भने ६ जनाको अवस्था समान्य रहेको छ ।

    घाइते १८ जनालाई उद्धार गरी उपचारका लागि बी एन्ड बी अस्पताल पुर्याइएको छ ।

    बसका सुजन नाम गरेका २४ वर्षीय चालकसमेत घाइते भएर अस्पतालमा भर्ना भएका छन् । तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

    घाइतेहरूको उपचार भइरहेको र परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।