काठमाडौं- राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबारमा छड्के चेक गरेको छ। बिहीबार बिहान सतर्कता केन्द्रले सिंहदरबारका कर्मचारीमाथि छड्के गरेको हो।
कर्मचारीहरू हाजिर गरेर निस्कने गुनासो आएपछि केन्द्रले सिंहदरबारको दक्षिण गेटमा बसेर चेकजाँच गरेको हो।
सतर्कता केन्द्रले सिंहदरबारबाट बाहिरिने कर्मचारीको परिचय पत्र हेर्दै उनीहरूको नाम, कार्यालय, कर्मचारी संकेत नम्बर र बाहिर जानुको कारणसमेत टिपोट गरेर गरेको छ।