क्यानडामा यात्रुबाहक बसलाई ट्रकले ठक्कर दिँदा १५ जनाको मृत्यु - Chaitanya News
  • 2026-11-16
  • 10:48:55
  • सोमबार,मंसिर ०१, २०८३
  • क्यानडामा यात्रुबाहक बसलाई ट्रकले ठक्कर दिँदा १५ जनाको मृत्यु

    क्यानडामा यात्रुबाहक बसलाई ट्रकले ठक्कर दिँदा १५ जनाको मृत्यु

    क्यानडाको मनिटोबा प्रान्तमा भएको सडक दुर्घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

    ज्येष्ठ नागरिकहरु बोकेको बसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा ज्यान गुमाउनेहरु पनि अधिकांश ज्येष्ठ नागरिकहरु रहेको त्यहाँको प्रहरीले जनाएको छ ।

    क्यान्बेरी भन्ने स्थानको राजमार्गमा उक्त दुर्घटना भएको हो । दुर्घटनालगत्तै हवाई एम्बुलेन्सका साथै दर्जन बढी एम्बुलेन्सहरु घटनास्थल पुगेका थिए ।

    तर, घाइतेहरुको अवस्था निकै गम्भीर भएकाले हताहती बढी भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको बसमा रहेका अधिकांश यात्रुहरु ज्येष्ठ नागरिक र त्यसमाथि ह्वीलचेयरमा बस्ने अवस्थाका वृद्धहरु भएको जनाइएको छ ।

    कम्तिमा दश जना यात्रु र दुई जना चालकको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

    तीब्र गतिमा रहेको सेमी ट्रेलर ट्रकले बसलाई ठक्कर दिएको थियो ।