नक्कली शरणार्थी प्रकरण: आजबाट जवाफी बहस - Chaitanya News
  • 2026-11-21
  • 06:09:57
  • शनिबार,मंसिर ०६, २०८३
  • नक्कली शरणार्थी प्रकरण: आजबाट जवाफी बहस

    नक्कली शरणार्थी प्रकरण: आजबाट जवाफी बहस

    काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा आजबाट जवाफी बहस सुरु हुने भएको छ ।

    सो प्रकरणमा पक्राउ परेका १८ जना आरोपीको तर्फबाट थुनछेक बहस सकिएपछि आज सरकारी वकिलले जवाफी बहस गर्नेछन् ।

    जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेसहितका चारजना अधिवक्ताले आज जवाफी बहस गर्नेछन् ।

    जवाफी बहस शुक्रबार दिउँसो २ बजेभित्र नै सक्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले इजलासबाटै निर्देशन दिइसकेका छन् ।