बेटिङ प्रचारको आरोपमा ‘हास्य कलाकार राजु मास्टर’ र ‘बल्छी ध्रुवे’ सहित ८ जना पक्राउ - Chaitanya News
  • 2026-11-16
  • 10:21:19
  • सोमबार,मंसिर ०१, २०८३
  • बेटिङ प्रचारको आरोपमा ‘हास्य कलाकार राजु मास्टर’ र ‘बल्छी ध्रुवे’ सहित ८ जना पक्राउ

    बेटिङ प्रचारको आरोपमा ‘हास्य कलाकार राजु मास्टर’ र ‘बल्छी ध्रुवे’ सहित ८ जना पक्राउ

    काठमाडौं– अनलाइन जुवा अर्थात् बेटिङ प्लेटफर्मको प्रचारमा संलग्न रहेको आरोपमा ‘हास्य कलाकार राजु मास्टर’ र ‘बल्छी ध्रुवे’ सहित ८ जना पक्राउ परेका छन्।

    हास्य कलाकार राजु मास्टरु भनेर चिनिने राजु पौडेल र बल्छी धुर्वेु भनेर चिनिने मरिचमान श्रेष्ठ, भटभटेभनेर चिनिने बेगम नेपाली, म्याकुरी भनेर चिनिने पवन खतिवडासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूले सट्टेबाजी गरेर र कुनै पनि खेलको जितरहारको बारेमा पैसा लेनदेन गरी बाजी खेलाएको प्रहरीले जनाएको छ।

    काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले प्रहरीको विशेष टोलीले हिजो बुधवार बेलुका उनीहरूलाई पक्राउ गरेको जानकारी दिए। पक्राउ पर्नेमा कलाकार, युट्युबर, टिकटक प्रयोगकर्तालगायत रहेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्ररूपमा हुन थालेपछि प्रहरीले अपरेशन थालेको हो।

    यसअघि हिजै दिउँसो प्रहरीले अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना एजेन्टहरूलाई पक्राउ गरी सार्वजनिक गरेको थियो। उनीहरूले ६४ करोड रुपैयाँको कारोबार गरेको खुलेको थियो। नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्नु नहुने व्यवस्था छ।