राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागी नियुक्त - Chaitanya News
  • 2026-11-16
  • 10:21:21
  • सोमबार,मंसिर ०१, २०८३
  • राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागी नियुक्त

    राष्ट्रिय सुरक्षा सल्लाहकारमा शंकरदास बैरागी नियुक्त

    काठमाडौं- सरकारले राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा शंकरदास बैरागी नियुक्त भएका छन्। तीन महिनापछि अवकाश पाउन लागेका बैरागीलाई मुख्य सचिवबाट राजीनामा गराएर राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा नियुक्त गरेको हो।

    मन्त्रिपरिषद् बैठकपछि परराष्ट्रमन्त्री एनपी साउदले वैकुण्ठ अर्याललाई मुख्य सचिव र वैरागीलाई सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिएका हुन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार बैरागीले सल्लाहकारका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट शपथसमेत लिइसकेका छन्। सरकारले बैरागीलाई मन्त्रीसरहको सुविधा दिएर राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएको हो।

    मुख्य सचिव हुनुअघि बैरागी परराष्ट्र सचिव थिए। त्यसअघि उनी संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधिसमेत थिए।