महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपालले आज मलेसियासँग खेल्दै - Chaitanya News
  • 2026-07-27
  • 18:10:41
  • सोमबार,साउन ११, २०८३
  • महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपालले आज मलेसियासँग खेल्दै

    महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेलमा नेपालले आज मलेसियासँग खेल्दै

    काठमाण्डाै – नेपाल र मलेसियाबीच आज महिला टि–२० क्रिकेट श्रृंखलाको चौथो खेल हुँदैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे बांगीमा सुरु हुनेछ ।

    पाँच खेलको श्रृंखलामा नेपाल २–१ ले अगाडि छ । आजको खेल जितेमा नेपालले श्रृंखला जित्नेछ । पहिलो खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो दोस्रो र तेस्रो खेल जितेको थियो ।

    नेपाल दोस्रो खेलमा ७ विकेटले र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । श्रृंखलाको पाँचौ तथा अन्तिम खेल भोली हुनेछ ।