सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी - Chaitanya News
  • 2026-11-21
  • 04:45:26
  • शुक्रबार,मंसिर ०५, २०८३
  • सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी

    सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पेसी

    ।काठमाडौँ –  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज (मंगलबार) सुनुवाइ पेसी तोकिएको छ ।

    यसअघिको पेसीमा न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममिति सम्बन्धि प्रमाण पुनः झिकाउन आदेश भएको थियो ।

    लामिछानेविरुद्ध नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष भदौ ५ गते बलात्कार गरेको आरोपमा भदौ २१ गते उनीविरुद्ध जाहेरी दर्ता भएको थियो । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि असोज २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

    पीडित बालिका नाबालिग भएको दाबी गरिएपनि लामिछानेका कानुन व्यवसायीले जाहेरवाला बालिग भएको बहस सुरुदेखि नै गर्दै आएका छन् ।

    लामिछानेका कानुन व्यवसायीहरुले विद्यालय सर्टिफिकेट तथा जन्मदर्तामा उल्लेख भएको जन्ममिति अनुसार जाहेरवाला बालिग ठहर्ने बताउँछन् । तर जाहेरवालाको नागरिकतामा उल्लेख जन्ममिति अनुसार उनी नाबालिग हुन् ।