गुजरातलाई हराउँदै चेन्नईले जित्यो पाँच पटक आईपीएलको उपाधि - Chaitanya News
  • 2026-06-06
  • 12:04:22
  • शनिबार,जेठ २३, २०८३
  • गुजरातलाई हराउँदै चेन्नईले जित्यो पाँच पटक आईपीएलको उपाधि

    गुजरातलाई हराउँदै चेन्नईले जित्यो पाँच पटक आईपीएलको उपाधि

    काठमाडौं –  चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को उपाधि जितेको छ । गए राति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो ।

    वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो । चेन्नईले १५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

    यसअघि टस हारेर पहिला ब्याटिंङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । योसँगै चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ । चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा उपाधि जितेको थियो ।