लोकसेवा उपयोगी सामग्री [७०] - Chaitanya News
  • 2026-05-23
  • 02:55:05
  • शुक्रबार,जेठ ०८, २०८३
  • लोकसेवा उपयोगी सामग्री [७०]

    लोकसेवा उपयोगी सामग्री [७०]

    १. तलका कथनहरु सहि गलत के हुन्?

    १. एन्जेल नामक झरना भेनुजुयलामा पर्दछ।
    २. सुदरल्याण्ड नामक झरना न्युजिल्याण्डमा पर्दछ।
    ३. टुगेला नामक झरना नर्वे मा पर्दछ।

    A) १ र ३ ठीक २ गलत B) १ र २ ठीक ३ गलत C) सबे ठीक D) सबै गलत

    २. प्रथम विश्वयुद्धको परिमाणमध्य देहायको होइन?

    i) असमान सन्धि ii) साम्यवादको उदय iii)औद्योगिक प्रतिष्ठानको विनास iv) उग्रराष्ट्रवाद

    A) i, ii, iv मात्र B) ii, iii,र iv मात्र C) iii र iv मात्र D) iv मात्र

    ३. जनकपुरको जानकी मन्दिर कुन शैलीमा निर्मित मन्दिर हो?

    A) प्यागोडा शैली B) शिखर शैली C) ग्रीक शैली D) राजपुत शैली

    ४. नेपाल सरकारको सट्टा श्री ५ लेख्ने व्यवस्था कहिले भएको हो?

    A) वि.सं. २०१५ वैशाख २ गते B) वि.सं. २०१५ वैशाख ३ गते C) वि.सं. २०१५ जेठ २ गते D) वि.स २०१५ जेठ ४ गते

    ५. तलकामध्ये दक्षिण एशियाकै पहिलो स्काई वाक टावरको निर्माण कुन देशमा गरिने भएको छ?

    A) पाकिस्तान B) बंगालादेश C) भारत D) नेपाल

    ६. निम्न भनाई विचार गर्नुहोस्।

    १. किराना कागज झोला
    २. प्लाईवुड र फर्निचर
    ३. सिरेमिक क्रोकरी र टाइलहरु

    माथिका मध्ये कुनले इन्डोर प्रदुषण निम्त्याउँछ।

    A) १ र २ मात्र B) २ र ३ मात्र C) १ र ३ मात्र D) सबै

    ७. A + 1A + 5A + AA + A1 = 1AA, A को मान कति हुन्छ?

    A) 2 B) 3 C) 4 D) 5

    ८. 2, 2, 3, 3, 3 लाई प्रयोग गरेर 30,000 भन्दा ठूला कति वटा संख्या बनाउन सकिन्छ?

    A) 3 B) 6 C) 9 D) 12

    ९. नेपालमा सर्वप्रथम राष्ट्रिय कम्प्युटर केन्द्रको स्थापना कहिले भएको थियो?

    A) सन् १९९६ B) सन् १९९५ C) सन् १९७४ D) सन् १९९४

    १०. सबैभन्दा पहिले स्थापना भएको संरक्षण क्षेत्र कुन हो?

    A) अन्नपूर्ण B) मनास्लु C) कञ्चनजंघा D) गौरीशंकर

    ११. नेपाल राष्ट्र बैकंका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन कहिले भएको हो?

    A) वि.सं. २०७९ माघ २० B) वि.सं. २०७९ माघ २२ C) वि.सं. २०७९ माघ २ D) वि.सं. २०७९ माघ २३

    १२. राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट कहिले बाहिरिएको हो?

    A) वि.सं. २०७९ माघ २२ B) वि.सं. २०७९ माघ १५ C) वि.सं. २०७९ माघ २० D) वि.सं. २०७९ माघ २१

    १३. नेपालको ५६औं साक्षर जिल्ला ताप्लेजुङ कहिले घोषणा भयो?

    A) वि.सं. २०७८ चैत्र २२ B) वि.सं. २०७८चैत्र २३ C) वि.सं. २०७८ चैत्र २४ D) वि.सं. २०७८ चैत्र २५

    १४. नेपाल सरकारले वैदेशिक रोजगारका लागी खुल्ला गरिएका १११औं मुलुक कुन हो?

    A) भेनेजुएला B) भियतनाम C) जाम्बिया D) सर्विया

    १५. भैरव प्रतिभा पुरस्कार २०७९ कसलाई प्राप्त गरेको थियो?

    A) वासुदेव विधादेव लुइटेल गुठी B) विश्वम्भर चञ्चल C) रामचन्द्र अधिकारी D) नवराज लम्साल

    (लोक सेवा आयोगद्वारा लिइने परीक्षाको सबै सेवा, समूहको प्रथम पत्रको वस्तुगतः बहुबैकल्पिक प्रश्न (Multiple Choice Question) का लागि अत्यन्त उपयोगी रहेको छ ।)
    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)

    सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।

    Chaitanya Academy Nepal

    New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100