११ जेठ बिहीबार देखि १६ सम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द - Chaitanya News
  • 2026-05-02
  • 08:37:14
  • शनिबार,बैशाख १९, २०८३
  • ११ जेठ बिहीबार देखि १६ सम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

    ११ जेठ बिहीबार देखि १६ सम्म मन्त्रालयगत बजेट सूचना प्रणाली बन्द

    काठमाडौं– आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको तयारीका क्रममा मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ।

    अर्थ मन्त्रालयका अनुसार सचिवस्तरीय निर्णयबाट ११ जेठ (बिहीबार) देखि १६ जेठसम्मका लागि यो प्रणाली बन्द गरिएको हो। सरकारले १५ जेठमा आगामी आर्थिक वर्ष २०८०–८१ को बजेट संघीय संसदमा सार्वजनिक गर्नेछ।

    वार्षिक बजेट प्रणालीमा आवद्ध रहेर सरकारी स्रोतबाट कार्यान्वयन हुने गरी तय गरिएका सबै कार्यक्रमको तयारी र त्यसका लागि आवश्यक बजेट विनियोजन कार्य सहज बनाउन विकास गरिएको प्रणाली एलएमबीआईएस हो। नयाँ बजेटको तयारीमा लाग्नु पर्ने भएसँगै यो अवधिमा प्रणाली बन्द गर्नु परेको मन्त्रालयको भनाइ छ।