केवाईसी अपडेट‍का नक्कली लिङ्कबाट सतर्क रहन राष्ट्रिय वाणिज्य बैंकको आग्रह - Chaitanya News
  • 2026-05-02
  • 08:36:22
  • शनिबार,बैशाख १९, २०८३
  • केवाईसी अपडेट‍का नक्कली लिङ्कबाट सतर्क रहन राष्ट्रिय वाणिज्य बैंकको आग्रह

    केवाईसी अपडेट‍का नक्कली लिङ्कबाट सतर्क रहन राष्ट्रिय वाणिज्य बैंकको आग्रह

    काठमाडौं– केवाईसी अपडेटको नाममा नक्कली लिङ्क फैलिएपछि राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकलाई सचेत गराएको छ। एक सूचना जारी गर्दै बैंकले केवाईसी अपडेटका लागि ग्राहकलाई कहिल्यै पनि लिङ्क नपठाउने स्पष्ट पार्दै नक्कली लिङ्कबाट सतर्क रहन आग्रह गरेको हो।

    बैंकले ग्राहकलाई आफ्नो मोबाइल र गोप्य डेटा कसैसँग शेयर नगर्न पनि अनुरोध गरेको छ। साथै कुनै पनि लिङ्क क्लिक गर्नुअघि आधिकारिक हो कि होइन भनी भेरिफाई गर्न सुझाव दिइएको छ।

    पछिल्लो समय मोबाइल बैंङ्किङ सेवा नलिने र केवाईसी पनि अपडेट नगर्ने ग्राहकहरू नक्कली लिङ्क क्लिक गर्न पुगिरहेको सन्दर्भमा बैंकले यस्तो सूचना जारी गर्दै सचेत गराएको हो।

    ग्राहकको बैंकिङ विवरणमा पहुँच बनाउन सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममा यस्ता नक्कली लिंक फैलिने गरेको पाइएको छ।